विदेश पढ्न जानेलाई अनुमतिपत्र लिन चिकित्सा आयोगको आग्रह

विदेश पढ्न जानेलाई अनुमतिपत्र लिन  चिकित्सा आयोगको आग्रह

चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीलाई अनुमतिपत्र (इलिजीविलिटी लेटर) लिएर मात्र प्रक्रिया अघि बढाउन आग्रह गरेको छ । आयोगले आज सूचना निकालेर आयोगबाट अनुमतिपत्र प्राप्त गरेपछि मात्र विदेशको प्रक्रिया थाल्न भनेको हो । 

आयोगका सदस्य सचिव डा.भोजराज काफ्लेले अध्ययन अनुमतिपत्र दिने आधिकारिक निकाय आयोग मात्र भएकोले अनुमतिपत्र प्राप्त गरेपछि त्यसका आधारमा 'स्टेटमेन्ट अफ नीड', 'नो अब्जेक्सन', 'गुड स्ट्याण्डिङ सर्टिफिकेट'लगायत कागजपत्र बनाउन विद्यार्थीहरुलाई बताएका छन् । 

सूचनामा भनिएको छ,‘राष्ट्रिय चिकित्सा शिक्षा नियमावलीको नियम २७ अनुसार विदेशमा अध्ययन गर्न जाने नेपाली नागरिकलाई अध्ययन अनुमतिपत्र दिने अधिकार प्रचलित कानूनअनुसार चिकित्सा शिक्षा आयोगलाई मात्र भएकोले आयोगबाट अनुमतिपत्र प्राप्त गरेपछि मात्र सोका आधारमा स्टेटमेन्ट अफ नीड, नो अब्जेक्सन, गुड स्ट्याण्डिङ सर्टिफिकेटजस्ता सिफारिस पत्र लिन सूचित गराइन्छ ।’
 

टिप्पणीहरू