आज पनि कम्प्युटर सर्भर डाउन, काठमाडौं विमानस्थल ठप्प

आज पनि कम्प्युटर सर्भर डाउन, काठमाडौं विमानस्थल ठप्प

त्रिभुवन विमानस्थलमा आज पनि कम्प्युुटर सर्भर डाउन भएकाले आगमन र प्रस्थान कक्षमा रहेका अध्यागमन कार्य ठप्प भएको छ । मुलुकको इमिग्रेसन नेपालीपोर्ट सिष्टम डाउन भएपछि दिउँसो पौने २ बजेदेखि काठमाडौंबाट बाहिरिने र भित्रिने हवाई यात्रुहरु रोकिएका छन् ।

सर्भर डाउन भएको एक घण्टापछि मात्र विमानस्थलमा हातले लेखेर यात्रुको विवरण, भिसा र अध्यागमनको छाप लगाउने कार्य भएको छ । तर, अनलाइन भिसा फर्म भर्न बाँकी झण्डै पाँच दर्जन यात्रु कुरेर बसेको बताइन्छ । 

दुई साताअघि पनि यसरी नै घण्टौं सर्भर डाउन हुँदा विमानस्थल अस्तव्यस्त भएको थियो । सयौं यात्रु अलपत्र परेका थिए भने सयौंको कनेक्टिङ फ्लाइट छुटेको थियो ।

टिप्पणीहरू