बैंकक लैजान खोजिएको लागुऔषध बरामद, थाई गिरोह पक्राउ

बैंकक लैजान खोजिएको लागुऔषध बरामद, थाई गिरोह पक्राउ

आज साँझ बैंकक लैजान खोजिएको २२ केजी लागुऔषध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बरामद भएको छ । थाई लाइन एअरको उडान नम्बर एसएल २२१ बाट जान खोजेका चार जना थाई नागरिकको सुटकेशमा उक्त परिमाणको लागुऔषध फेला परेको बताइएको छ ।

तीन महिला र एक पुरुष तीन वटा सुटकेशमा फल्स बटम बनाएर  लागुऔषध लैजान खोजेको अवस्थामा पक्राउ परेका हुन् । विमानस्थलको यात्रु लगेज चेकइन गर्ने क्रममा एक्सरे चेकिङमा उक्त पदार्थ फेला परेको हो । 

पक्राउ परेकामा एडी ०२८१३७३ राहदानी वाहक ४२ वर्षीया परिचार्ट पमपुक, २० वर्षीया एडीओ २१९३३१ नम्बरको राहदानी बोकेकी नाट्नरी त्रिचाइया, ४९ वर्षकी एबी ३६८०६२६ नम्बरको राहदानी बाहक याओवालुक जुआब्श्री र २५ वर्षे पुरुष एडी ०२३०९५९ नम्बरको राहदानी बाहक नाटापोल त्रिचाइया हुन् ।

उनीहरु अस्ति थाई लायन एयरकै उडान नम्बर एसएल २२० बाट नेपाल आएका थिए । बैंककबाट काठमाडौं आउँदा उनीहरुले १५ दिनको अनअराइभल भिसा लिएका थिए ।

टिप्पणीहरू