आईजीपी स्वदेश फिर्ता, रक्षामन्त्री नयाँ दिल्ली प्रस्थानको तयारीमा

आईजीपी स्वदेश फिर्ता, रक्षामन्त्री नयाँ दिल्ली प्रस्थानको तयारीमा

प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह स्वदेश फर्कंदै हुनुहुन्छ । संयुक्त अरब इमिरेट्सको दुबइमा भएको इन्टरपोलको बैठकमा सहभागी भएर उहाँ आज काठमाडौं आउन लाग्नुभएको बताइएको छ ।आईजीपी सिंह नयाँ भारत हुँदै स्वदेश फर्कन लाग्नुभएको हो । उहाँ इण्डिगो एअरको उडानबाट दिउँसो १ बजे आइपुग्ने कार्यक्रम छ । सिंह गत सोमबार दोहा हुँदै दुबई जानुभएको थियो ।

यसैबीच रक्षामन्त्री हरि उप्रेती आजै नयाँ दिल्ली जान लाग्नुभएको छ । उहाँ औपचारिक भ्रमणको निम्ति आज बिहान त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ । मन्त्री उप्रेती  एयर इण्डियाको उडानबाट बिहान १० बजे भारत जाने बताइएको छ ।

टिप्पणीहरू