डाक्टरको हडतालले वीरका बिरामी अलपत्र, सिंहदरबारमा वार्ता

डाक्टरको हडतालले वीरका बिरामी अलपत्र, सिंहदरबारमा वार्ता

भीआइपी सुरक्षाका नाममा प्रहरीले सेवामा खटिएका डाक्टर कुटेपछि नेपाल चिकित्सक संघ आल्दोलित हुँदा वीर अस्पतालमा बिरामीहरु अलपत्र परेका छन् ।

शुक्रबार प्रतिनिधिसभामा सम्बोधनका लागि राष्ट्रपतिको सवारी हुँदा प्रहरीले सडकमा हिंडिरहेका ट्रमा सेन्टरका एक वरिष्ठ सर्जनमाथि निर्मम कुटपिट गरेको थियो । त्यसको विरोधमा आन्दोलनमा उत्रिएको चिकित्सक संघले आकस्मिकबाहेक वीरका सेवा सबै ठप्प पारेको छ । जसका कारण उपचारका लागि अस्पताल आएका बिरामी अलपत्र परेका हुन् । 

स्याङजाका एक बिरामी रामेश्वर न्यौपाने भन्छन, ‘अस्पतालमा उपचारका लागि आइयो तर यहाँ तालाबन्द छ,अब कसरी उपचार गर्नु ? अलपत्र परियो ।’ 

सरकारले सो घटनामा संलग्न एक प्रहरी अधिकारीलाई निलम्बन गरेको छ भने प्रधानमन्त्री आफैँले अग्रसरता लिएर चिकित्सक संघका पदाधिकारीसँग वार्ता गरिरहनु भएको छ । तथापि डाक्टरहरुको आन्दोलन रोकिएको छैन । 

आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बिहानैदेखि सरकार र चिकित्सिक संघका पदाधिकारीबीच वार्ता भइरहेको छ ।

 

टिप्पणीहरू