लामिछानेको ट्याक्सी बीचैमा तितरबितर

लामिछानेको ट्याक्सी बीचैमा तितरबितर

पठाओ र टुटलजस्तै सेवा दिने उद्देश्यसहित रवि लामिछानेले दरबारमार्गमा सारथि ट्याक्सी सेवा नामक कम्पनी खोले पनि त्यो गर्भमै तुहिएको पाइएको छ । सो कम्पनीमा सुन्दर श्रेष्ठमार्फत उनले लगानी गरेका थिए ।

सो कम्पनीमा प्रहरीका पूर्व वरिष्ठ अधिकृतहरू विज्ञान शर्मा, रमेश खरेल, केही मारवाडी व्यापारीसहित तीन जना अमेरिकन प्रवासी नेपालीको संलग्नता रहेको थियो । लामिछानेको संलग्नता श्रेष्ठमार्फत भएको चाल पाएपछि शर्मा र खरेलले सो कम्पनीबाट सेयर रकम फिर्ता लिए ।

पूर्वएआईजी र डीआईजीले बेलैमा सेयर रकम फिर्ता लिए पनि प्रवासी नेपालीको लगानी भने लामिछानेले यताउता गर्न भ्याएको दाबी स्रोतले गरेको छ ।
 

टिप्पणीहरू