जयन्तीले शोधपत्रका लागि १० लाख दिने

जयन्तीले शोधपत्रका लागि १० लाख दिने

जयन्ती मेमोरियल ट्रस्टले ‘उत्तम शोधपत्र’ पुरस्कारका लागि १० लाख रुपैयाँ कार्डियक सोसाइटी अफ नेपाललाई उपलब्ध गराउने भएको छ । 

सोसाइटीसँग भएको समझदारीअनुसार ट्रष्टले शोधपत्र पुरस्कारका लागि उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो । मुटु रोग निराकरणका लागि अनुसन्धानमा सहयोग पुर्याउन युवा अनुसन्धानकर्ता लक्षित पुरस्कार स्थापनाका लागि ट्रष्टले उक्त रकम दिन लागेको पत्रमा उल्लेख छ ।  

ट्रष्टका अध्यक्ष प्रा.डा भगवान कोइराला र सोसाइटी अफ नेपालका डा.विजय राजवंशीले गत बुधबार एक कार्यक्रमबीच उक्त समझदारीपत्रमा हस्ताक्षर गरेका थिए । त्यस अवसरमा प्रतिष्ठानकी उपाध्यक्ष सृजना मल्ल राणा, सदस्य सजनी अमात्य, केश्या राज्यलक्ष्मी राणा, सचिव मदनप्रसाद रिमाल र सोसाइटीका तर्फबाट डा.रत्नमणि गजुरेल र मेरिना पोखरेलको उपस्थिति थियो ।

टिप्पणीहरू