वर्षा रोकियो,जहाजहरु उड्न थाले

वर्षा रोकियो,जहाजहरु उड्न थाले

अविरल वर्षाका कारण दुई दिनदेखि अस्तव्यस्त हवाई उडान सुचारु भएको छ । मौसम अनुकूल भएसँगै हवाई सेवा सञ्चालनमा आएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता तेजबहादुर पौडेलका अनुसार दुई दिनमा दर्जनौं उडान रद्द भएको छ । 

उनका अनुसार शुक्रबार बुद्द एयरको ७६ मध्ये २२ वटा मात्र उडान भएको थियो । त्यसैगरी,यति एयरको ३४ मध्ये सात र श्री एयरको २४ मध्ये १० वटा उडान भयो । हिजो पनि प्रायःजसो उडान रद्द भएको उनको भनाइ छ । 

शुक्रबार बुद्द एयरको ७६ मध्ये २२ वटा मात्र उडान भएको थियो । त्यसैगरी,यति एयरको ३४ मध्ये सात र श्री एयरको २४ मध्ये १० वटा उडान भयो ।

‘वर्षाका कारण अस्ति धेरैजसो उडान रद्द भए पनि केही भने सुचारु थियो । हिजो प्रायःजसो उडान रद्द भयो । आजदेखि हवाई सेवा सुचारु भएको छ’,उनले भने । 

गएको बिहीबार रातिदेखि भएको अविरल वर्षाका कारण हालसम्म एक सय चार जनाले ज्यान गुमाइसकेका छन् । नेपाल प्रहरीका अनुसार ६४ जना बेपत्ता छन् । त्यसैगरी, बाढीपहिरो र डुबानमा परी ७३ जना घाइते भएका छन् ।

टिप्पणीहरू