भारतीय विदेश सचिवको विरोध गर्नेहरु विमानस्थल गेटबाट पक्राउ
भारतीय विदेश सचिव विनयमोहन क्वात्रा तीन दिने नेपाल भ्रमणमा आएका छन् । क्वात्रा वायुसेनाको विशेष जहाजमा नयाँ दिल्लीबाट आएका हुन् । विमान १० बजेर ५० मीनेट जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।
क्वात्रालाई नेपाली समकक्षी परराष्ट्र सचिव भरतराज पौड्याल र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवलगायतले स्वागत गरेको बताइएको छ । विदेशी सचिव क्वात्राको टोलीका निम्ति नागपोखरीस्थित होटल मेरियटमा बस्ने प्रबन्ध मिलाइएको छ । यसैबीच सचिव क्वात्राको आगमनको समयमा विमानस्थलको मुख्य प्रवेशद्वारमा तारा बराल समूहले बिरोध प्रदर्शन गरेको छ ।
भारतीय विदेश सचिव सवार विमान विमानस्थलमा अवतरण अगावै अभियन्ता भनिने जेरी ताम्राकारलगायत दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरुलाई प्रहरी वृत्त गौशाला लगिएको छ ।
टिप्पणीहरू