भारतीय विदेश सचिव स्वदेश फिर्ता

भारतीय विदेश सचिव स्वदेश फिर्ता

नेपालको भ्रमण पूरागरी भारतका विदेश सचिव विनयमोहन क्वात्रा स्वदेश फर्किएका छन् । उनी आज साँझ भारतीय वायु सेनाको विशेष विमानबाट दिल्ली प्रस्थान गरेका हुन् । क्वात्राको बिदाईका लागि परराष्ट्र सचिव भरतराज पौड्याल र नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तव त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेका थिए । 

हिजो बिहान नेपाल आइपुगेका विदेश सचिव क्वात्राले भ्रमणका दौरान उच्चस्तरीय राजनीतिक भेटघाट गरेका थिए । काठमाडौँ उत्रिएलगत्तै भेटघाटमा सक्रिय उनले हिजो राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, परराष्ट्रमन्त्री विमला पौडेल, काँग्रेस सभापति शेरबहादुर देउवासँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए । 

आज बिहान एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष आधव नेपाललगायत विभिन्न पार्टीका शीर्ष नेता, मन्त्रीलगायतलाई भेटेर साँझ उनी दिल्ली उडेका हुन् ।

पूर्ववत् कार्यक्रमअनुसार उनी भोलि बिहान ९ बजे नयाँ दिल्ली फर्कने कार्यक्रम थियो ।

टिप्पणीहरू