बालुवाटारमा एमाले अध्यक्ष र प्रधानसेनापतिसहितको भेटवार्ता शुरु
एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज पनि बालुवाटार पुग्नुभएको छ । उहाँ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ताको निम्ति प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुग्नुभएको बताइएको छ ।
एमाले अध्यक्ष ओलीसँगै प्रधानसेनापति प्रभुराम शर्मा पनि बालुवाटारको त्रिपक्षीय छलफलमा सरिक हुनुभएको स्रोतको दाबी छ ।
प्रधानमन्त्री, एमाले अध्यक्ष ओली र प्रधानसेनापतिबीचको भेटवार्ता आधा घण्टादेखि जारी छ ।
टिप्पणीहरू