राप्ती नदीमा पुरुषको शव, घटनास्थल पुग्यो प्रहरी

राप्ती नदीमा पुरुषको शव, घटनास्थल पुग्यो प्रहरी

चितवनको रत्ननगर नगरपालिका वडा नम्बर ७ स्थित राप्ती नदीमा पुरुषको शव फेला परेको छ । 

भरतपुर महानगरपालिका वडा नम्बर ११ बस्ने ३१ वर्षीय प्रसन्न न्यौपानेको शव पानीमा डुबिरहेको अवस्थामा फेला परेको हो । माछा मार्न पुगेका माझीले पानीमा डुबिरहेको अवस्थामा शव भेटेपछि तानेर खोलाको किनारमा ल्याएका थिए । 

शव फेला परेको खबर पाउनासाथ प्रहरी चौकी बछौलीबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको टोली घटनास्थल पुगेको हो । 

इलाका प्रहरी कार्यालय, टाँडीका प्रहरी नायव उपरीक्षकको कमाण्डमा खटिएको अनुसन्धान टोली पनि त्यहाँ पुगेको छ । हाल घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

टिप्पणीहरू