विदेश सचिवसँग आएका रोहित मिश्र सांसद अमरेशकुमार लिएर नयाँ दिल्ली प्रस्थान
नेपालको तीन दिने भ्रमणमा आएका भारतीय विदेश सचिव भ्रमण छोट्याएर हिजो साँझ नयाँ दिल्ली प्रस्थान गरे । सचिव विनयमोहन क्वात्रा आज बंगलादेशको दुई दिने भ्रमणमा ढाका पुगेका छन् ।
तर, क्वात्रासँगै भारतीय वायुसेनाको विमानमा काठमाडौं आएका त्यहाँको विदेश मन्त्रालयका उपसचिव रोहित मिश्र भने आज फर्केका हुन् । उनी नेपाल वायुसेवा निगमको उडान नम्बर आरए २१७ बाट त्यता गएको बताइएको छ ।
मिश्रसँगै प्रतिनिधि सभाका स्वतन्त्र सांसद अमरेशकुमार सिंह पनि आज नयाँ दिल्ली गएका स्रोतको दाबी छ । नेपाली काँग्रेसका सिंह गत आमनिर्वाचनमा सर्लाही ४ बाट स्वतन्त्र उम्मेदवार उठेर सांसद बनेका हुन् ।
नेपाल आएको भारतीय टोलीमा सचिव क्वात्रासहित चार जना थिए । अरु हिजै फर्के पनि मिश्र आज नयाँ दिल्ली गएका हुन् । टोलीमा रोहित मिश्र, अश्विन भाष्करण र अनुराग श्रीवास्तव थिए ।
सहहसचिव मिश्र पहिले काठमाडौंस्थित भारतीय दूतावासमा प्रथम सचिव थिए । उनी यसअघि भुटानका लागि भारतीय राजदूतसमेत हुन् ।
टिप्पणीहरू