आयुर्वेद चिकित्साको लाइसेन्स परीक्षा एक महिनापछि
आयुर्वेद चिकित्सा परिषद्को स्थायी नाम दर्तासम्बन्धी परीक्षा आगामी चैत्र ३ गते सञ्चालन हुने भएको छ ।
परिषद्ले स्नातक तह (बिएमएस) उतीर्ण गरेकालाई परीक्षाका लागि फागुन ४ देखि १८ गतेसम्म आवेदन दिन सूचित गरेको छ । साथै, उक्त समयभित्र फाराम नभर्नेहरुले फागुन १९ गतेदेखि २६ गतेसम्म विलम्ब शुल्क तिरी फाराम भर्न सकिने पनि परिषद्ले जनाएको छ ।
आज सूचना प्रकाशित सूचनामा भनिएको छ, ‘आयुर्वेद स्नातक (बीएमएस) उत्तीर्ण आवेदकहरुको आयुर्वेद चिकित्सा परिषद्–नेपालमा स्थायी नाम दर्तासम्बन्धी लाइसेन्सिङ परीक्षा यही चैत्र ३ गते शुक्रबार सञ्चालन गरिने हुँदा फागुन ४ गतेदेखि १८ गतेसम्म नियमित शुल्क र १९ गतेदेखि २६ फागुनसम्म विलम्ब शुल्क तिरी फाराम भर्नुहुन सम्बन्धित सबैमा यो सूचना गरिन्छ ।’
टिप्पणीहरू