प्रधानाध्यापकसहित शिक्षकहरुले मागे सामूहिक सरुवा
पर्साको जगरनाथपुर गाउँपालिका ३, गढैयामा रहेको बाबा बैद्यनाथ आधारभूत विद्यालयका प्रधानाध्यापकसहित अन्य शिक्षक शिक्षिकाले सामूहिक सरुवाको माग अघि सारेका छन् ।
विद्यालयमा अध्ययनरत विद्यार्थी तथा कार्यरत शिक्षक, कर्मचारीमाथि स्थानीयले पटक पटक गालीगलौज तथा दुर्व्यवहार गरेको उल्लेख गर्दै आधा दर्जन शिक्षकले सामूहिक सरुवाको माग गरेका हुन् ।
वडा नम्बर ३ का वडाध्यक्षलाई सामूहिक सरुवा पत्र बुझाउँदै उनीहरुले आफ्नो सरुवा गरिदिन आग्रह गरेका छन् ।
‘विद्यार्थीहरु तथा कार्यरत शिक्षक कर्मचारीहरुमाथि स्थानीयले पटक पटक गालीगलौज तथा दुर्व्यवहार गर्दै आइरहेको हुँदा यस विद्यालयमा तपसिलका कार्यरत शिक्षक तथा कर्मचारीहरुको हस्ताक्षरसहित सरुवा माग गरिएको व्यहोरा अनुरोध गरिन्छ’, पत्रमा भनिएको छ ।
पत्रमा प्रधानाध्यापक बादशाह साह, शिक्षकहरु गुडिया देवी, ओमप्रकाश चौधरी, मोहनलाल शाह, रेखाकुमारी यादव, गुलाबप्रसाद यादवले हस्ताक्षर गरेका छन् ।
टिप्पणीहरू