ज्योति पाण्डे पुनः प्रमुख कार्यकारी अधिकृतमा नियुक्त
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुनः ज्योतिप्रकाश पाण्डे नियुक्त भएका छन् । नेपाल इन्भेष्टमेन्ट बैंकमा मेगा बैंक गाभिएपछि बनेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको प्रमुख कार्यकारी अधिकृतमा पनि उनै पाण्डे दोहोरिएका हुन् ।
बैंक सञ्चालक समितिले पाण्डेलाई हिजोदेखि उक्त पदमा चार वर्षको निम्ति नियुक्त गरेको हो । उनलाई बैंकले चार वर्षको निम्ति सीईओमा नियुक्त गरेको जानकारी हिजै नेपाल राष्ट्र बैंक, नेपाल स्टक एक्सचेञ्जलगायत निकायमा पठाइएको छ ।
टिप्पणीहरू