डढेलोको झिल्कोले गाउँका सुन, चाँदी र पैसा खरानी

डढेलोको झिल्कोले गाउँका सुन, चाँदी र पैसा खरानी

खोटाङको एउटा सामुदायिक वनमा डढेलो लाग्दा एकै व्यक्तिको दुईवटा घर जलेको छ । सामुदायिक वनमा लागेको डढेलोले हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम डाँडाखर्कका बकसे बस्नेतको दुई वटा घर र एउटा गुवाली जलेर खरानी भएको बताइएको छ ।

प्रहरीका अनुसार वनको डढेलोको आगो हुरीले उडाएर छानामा पुर्याएपछि हिजो साँझ घर जल्दा बस्नेत परिवारको १० लाख बराबरको सम्पत्ति नोक्सान भएको छ । 

दुई घरमा भएको लत्ताकपडा, भाडावर्तन, अन्नपात, नगद एक लाख, चार तोला सुन, दुई तोला चाँदी, गुवालीमा राखिएको गाईको एउटा बाछी र एउटा बाख्रा जलेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू