टेलिकमको लुसुरपुसरका कारण उपभोक्ता सँधै मारमा

टेलिकमको लुसुरपुसरका कारण उपभोक्ता सँधै मारमा

नेपाल टेलिकमले नेटवर्कमा देखिएको समस्या समाधान भएको जनाएको छ । टेलिकमले ग्राहकको मोबाइल फोनमा आफैं ब्यालेन्स कम हुने र ‘वान–वे’ हुनेजस्ता समस्या समाधान भइसकेको जानकारी दिएको छ । 

मासिक बिल प्रशोधन गरी हिसाब मिलान कार्यमा ढिलाइ भएकाले बिहानको समयमा सेवा अवरुद्ध भएको टेलिकमको दाबी छ । 

‘नेपाल टेलिकमले प्रत्येक महिनाको १५ तारिखमा पोस्टपेड सेवाको मासिक बिल प्रशोधन (बिल रन) गर्ने गरेको छ । यो कार्य सामान्यतः १५ तारिखको राति शुरु गरेर सोही रातमा पूरा हुने गरेको छ’, जारी सूचनामा भनिएको छ, ‘यसपटक बिल प्रशोधन गरी हिसाब मिलान गर्ने कार्य सम्पन्न हुन केही समय लागी बिहानको समयमा केही ग्राहकको फोनमा ब्यालेन्स कम हुने र वान वे हुनेजस्ता समस्या आएको हो ।’ 

तर टेलिकमको नेटवर्कमा हिजो दिउँससोदेखि लगातार समस्या देखिएको उपभोक्ताहरुको भनाइ छ । फोन नलाग्ने समस्याबाट पीडित ग्राहकहरुले आज बिहानदेखि आफ्नो फोनको ब्यालेन्स रकम गायब भएको भन्दै आक्रोशसमेत पोखेका थिए ।

झण्डै एक महिनाअघि पनि टेलिकमको सबै सेवा दिउँसो केही घण्टा अवरुद्ध भएको थियो ।

टिप्पणीहरू