काठमाडौंमा अवतरणको क्रममा मलेसियन एअरको विमानमा धुँवा, सम्भावित ठूलो दुर्घटनाबाट जोगिएको आकलन

काठमाडौंमा अवतरणको क्रममा मलेसियन एअरको विमानमा धुँवा, सम्भावित ठूलो दुर्घटनाबाट जोगिएको आकलन

काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणलगत्तै मलेसियाको राजधानी क्वालालम्पुरबाट आएको मलेसियन एअरको विमानबाट धुँवा आएको छ । आज मध्यान्ह अवतरणको क्रममा विमानको ल्याण्डिङ गियर (पाङ्ग्रा) बाट धुँवा आएको बताइएको छ ।

उक्त एअरको कल साइन एमएच १७० विमान सवा १२ बजे विमानस्थलमा अवतरण गरेको विमानस्थल कार्यालय स्रोतले बताएको छ । सो क्रममा विमानको पाङ्ग्रा रनवेमा अत्यधिक घर्षण भएकाले धुँवा आएको प्राविधिकहरुको भनाइ छ ।

त्यसपछि विमानमा आगलागीको सम्भावना भएको जनाउँदै विमानस्थलस्थित वारुणयन्त्र र फायर फाईटिङ टोलीले पानी हालेर पाङ्ग्रा चिस्याएको हो । विमानको अन्य अवस्था सामान्य रहे पनि १ बजे क्वालालम्पुर फर्कनुपर्ने विमानको अहिले परीक्षण भइरहेको छ । 

विमानमा ११८ जना यात्रु थिए । विमानको पूर्ण प्राविधिक परीक्षणपछि मात्रै उडान गरिने भएकाले क्वालाम्पुर जाने यात्रुहरु विमानस्थलको प्रस्थान कक्षमा अड्किएका छन् ।

टिप्पणीहरू