अर्को वर्षदेखि जनयुद्ध दिवसको दिन बिदा दिइने
नेपाल सरकारले अर्को वर्षदेखि पृथ्वी जयन्ती र जनयुद्ध दिवसको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
सरकारकी प्रवक्ता एवम सञ्चार, सूचना तथा प्रविधि मन्त्री रेखा शर्माले आगामी वर्ष २०८० देखि ती दिन सरकारले बिदा दिने निर्णय गरेको जानकारी दिनुभएको छ । उहाँले मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्ने क्रममा पुस २७ गते र फागुन १ गते बिदा थपिएको बताउनुभएको हो ।
आगमी वर्ष २०८० को क्यालेण्डर छापिइसकेको जानकारी दिँदै उहाँले भन्नुभयो ‘सार्वजनिक बिदा पुनरावलोकन आगामी भदौसम्ममा सकेर बिदा व्यवस्थित गरिने छ ।’
टिप्पणीहरू