बढुवा भएका सशस्त्रका चार डिआईजीको पदस्थापन
सशस्त्र प्रहरी बल नेपालले हालै बढुवा भएका चार जना डिआईजीको पदस्थापन गरेको छ । प्रधानमन्त्रीको जिम्मेवारीमा रहेको गृहमन्त्रालयले हालै गरेको बढुवामा चार जना सशस्त्र प्रहरी एसएसपी डिआईजी बनेका हुन् ।
उनीहरुलाई हिजोको मितिमा सशस्त्र प्रहरी बलको मुख्यालय, मानवस्रोत विभागले विभिन्न इकाइमा पदस्थापन गरेको हो । जसअनुसार सुरेशकुमार श्रेष्ठलाई हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय, लामापाटन, पोखराको जिम्मेवारी दिइएको छ ।
त्यसैगरी अञ्जनीकुमार पोखरेललाई विपद् व्यवस्थापन तालिम शिक्षालय, कुरिनटार, चितवन, दीपेन्द्र शाहलाई युएन शान्ति स्थापना तालिम शिक्षालय, ककनी र पुरुषोत्तम थापालाई प्रधान कार्यालयको मावनस्रोत विभागमा राखिएको छ ।
चारै जना डिआईजी सशस्त्र प्रहरी बलमा २०५९ कात्तिक ४ गतेका दिन इन्स्पेक्टरमा भर्ना भएका हुन् । त्यतिबेला उतीर्ण नौ जनामध्ये पोखरेल र शाह क्रमशः पहिलो र दोस्रो नम्बरमा थिए । थापा र श्रेष्ठ क्रमशः चौथो र पाँचौ नम्बरमा थिए । तीन नम्बरमा दिपक अधिकारी रहेको बताइन्छ ।
टिप्पणीहरू