पशुपतिमा ५ लाख दर्शनार्थी पुगे, राष्ट्रपति साँझमा जाने
महाशिवरात्रिका अवसरमा आज दिउँसो १ बजेसम्म पशुपतिनाथ मन्दिरमा पुगेका दर्शनार्थीको संख्या पाँच लाख पुगेको छ । पशुपति क्षेत्र विकास कोषका अनुसार बिहान ३ बजेदेखि १० घण्टामा उक्त संख्याले पशुपतिनाथको दर्शन गरेका छन् ।
बिहान ढोका खोल्नुअघि नै भक्तजनहरु लाममा लागेका थिए । पशुपतिमा आज उत्तरतर्फ चाबहिल चोक, पश्चिमतर्फ गौशाला चोक, दक्षिणतर्फ सिनामंगल र पूर्वतर्फको लाम गौरीघाटसम्म पुगेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले बेलुकी पूजा गर्ने कार्यक्रम राखिएको छ । नेपाली सेनाको कार्यक्रममा अतिथिका रुपमा काठमाडौं आएका भारतीय सेनाका चार पूर्व सेनाध्यक्षले पनि पशुपतिनाथको दर्शन गर्ने जनाइएको छ ।
टिप्पणीहरू