सेनाको दुई वटा हेलिकोप्टरमा भारतीय पूर्व सेनाध्यक्षहरु मुक्तिनाथ प्रस्थान
भारतीय पूर्व सेनाध्यक्षहरु नेपाली सेनाको हेलिकोप्टरमा जोमसोम हुँदै मुक्तिनाथ गएका छन् । हिजो सेनाको २६० औं स्थापना दिवसमा आमन्त्रित भारतीय पाहुनाहरु आज बिहान दुई वटा हेलिकोप्टरमा त्यसतर्फ गएका हुन् ।
सेनाको एनए ०५८ अगुस्ता र एनए ५३ एमआई हेलिकोप्टरमा २५ जनाको टोली त्यसतर्फ गएको हो । हेलिकोप्टर बिहान साढे ७ बजे काठमाडौंबाट उडेको बताइएको छ ।
एउटा हेलिकोप्टरमा क्रु मेम्बरसहित ११ जना र अर्कोमा २१ जना सवार छन् । भारतीय चार जना पूर्वसेनाध्यक्षहरु अस्ति आफ्ना परिवारका सदस्यसहित काठमाडौं आएर हिजो सेनाको कार्यक्रममा सहभागी भएका हुन् ।
नेपालका मानार्थ सेनापतिसमेत रहेका पूर्व सेनाध्यक्ष विश्वनाथ शर्मा, जोगिन्दर जसवन्त सिंह, दिपक कपुर र दलवीर सिंह सुहाग अस्ति बिहान काठमाडौं आएका हुन् ।
टिप्पणीहरू