रेशमबारे सोध्नुभयो राष्ट्रपतिले

रेशमबारे सोध्नुभयो राष्ट्रपतिले

रेशम चौधरीको प्रसंग कोट्याउँदै राष्ट्रपतिले सोध्नुभयो, ‘चासो र चिन्ताहरु आएको छ । के गर्ने होला ?’ तर, उहाँले जवाफ भने पाउनुभएन । निर्वाचन आयोगका पदाधिकारीहरु आफ्नो वार्षिक प्रतिवेदन बुझाउन शीतल निवास पुग्दा उनीहरुले यस्तो प्रश्नको सामना गरेका हुन् ।

तर, केही जवाफ दिन नपाई कुराकानीको विषयान्तर भयो । अर्थात्, रेशम चौधरीलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट माफी–मिनाहा दिने चर्चा भित्रभित्रै चलिरहेको तर राष्ट्रपति त्यसो गर्न तयार नहुनुभएको कुरा यसैबाट बुझ्न सकिन्छ । यदि उहाँले चाहनुभयो भने फागुन ७ गते प्रजातन्त्र दिवसका दिन रेशमले कैद माफी पाउन सक्छन् । 

उता, पूर्व मोरङका एमाले नेता गुरु बरालको ठम्याइ छ, ‘अब त मिलाएर लैजान पाए हुन्थ्यो ।’ केपी ओलीले आज्ञाकारी राष्ट्रपति खोज्ने क्रममा उनको पनि बजारमा चर्चा थियो । तर, स्वयं उनीचाहिँ पार्टी मिलाउनुपर्छ भन्ने पक्षमा छन् ।

केही नेतासँगको भेटमा उनले माधव नेपाललाई राष्ट्रपति बनाएर पार्टी एकता गरेदेखि सबैतिर सरकार पनि पाँच वर्ष जान्थ्यो भन्ने गरेका छन् । अब राष्ट्रिय सभामा रिक्त हुने सदस्य पदको निर्वाचन हुँदा पार्टी एकता भएमा सबैले जित्ने, नत्र सबैले हार्नुपर्ने खतराप्रति उनी चिन्तित छन् । असारमा १८ जना राष्ट्रियसभा सदस्यहरुको पदावधि समाप्त हुँदैछ । 

टिप्पणीहरू