साडीमा आगो सल्केर जलेकी महिलाको प्रणान्त

साडीमा आगो सल्केर जलेकी महिलाको प्रणान्त

आगलागीबाट गम्भिर घाइते भएकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ । सप्तरीको अग्निसाईर कृष्ण सावरण गाउँपालिका–३ मटिगढाकी ५० वर्षीया दरोपति कुमारी भगतको हिजो राति साढे १२ बजे उपचारको क्रममा निधन भएको हो । 

गत फागुल्न ३ गते आगो ताप्ने क्रममा साडीमा आगो सल्केर गम्भिर घाइते भएकी उनको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारको क्रममा निधन भएको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय, सप्तरीका प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले मृतक दोरपतीको शव पोष्टमार्टम भैसकेको बताए । उनले उक्त घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए ।

टिप्पणीहरू