पोखरामा आजदेखि रात्रिकालीन उडान थालिने

पोखरामा आजदेखि रात्रिकालीन उडान थालिने

हालै सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि रात्रिकालीन उडान थालिने भएको छ । क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा परिचित विमानस्थलमा रात्रिकालीन उडानको निम्ति सबै व्यवस्था पूरा भएको जनाइएको छ । 

पोखरामा पुरानो विमानस्थलमा झैँ नयाँमा पनि बिहान ६ बजेदेखि दिउँसो ४ बजेसम्म मात्रै उडान सञ्चालन हुने गरेको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार विमानस्थलमा आइएफआर प्रणाली जडान भएकाले अबदेखि पोखरामा राति र कुहिरोको समयमा पनि विमान उडान र अवतरण गर्न सकिने भएको हो । 

आजदेखि विमानस्थल बिहान ६ बजेदेखि राति १२ बजेसम्म खुल्ने व्यवस्था मिलाइएको छ । नयाँ विमानस्थल गत पुस १७ गतेदेखि नियमित सञ्चालनमा आएको हो ।
 

टिप्पणीहरू