राष्ट्र बैंकको कार्यक्रममा विदेशी पाहुना आउने क्रम जारी
नेपाल राष्ट्र बैंकले भोलिदेखि आगामी शुक्रबारसम्म राजधानीमा अन्तर्राष्ट्रिय कार्यक्रमको आयोजना गर्न लागेको छ । एलायन्स फर फाइनान्सियल इन्क्लुजन (आफी) को कार्यक्रम हुन लागेको बताइएको छ ।
बौद्धस्थित होटल हायातमा हुने उक्त कार्यक्रममा सहभागी हुन विभिन्न मुलुकका पाहुना आउने क्रम शुरु भएको छ । सोही क्रममा गएराति आफीका कार्यकारी निर्देशक डा. अल्फ्रेड हानिगा मलेसियन एअरको उडानमा काठमाडौं आएका हुन् । पाहुना आउने क्रम आज पनि जारी रहेको बैंक स्रोतले बताएको छ ।
यो वित्तीय समावेशी सम्बन्धी अन्तर्राष्ट्रिय संस्था हो । नेपाल राष्ट्र बैंक यसको सदस्य छ । सन् २००८ मा स्थापना भएको यसको मुख्यालय मलेसियाको राजधानी क्वालालम्पुरमा छ ।
टिप्पणीहरू