चौधरीबाट यसरी ठगियौँ हामी

चौधरीबाट यसरी ठगियौँ हामी

सिजी विनोद चौधरीको कम्पनी । उनले करछली गरेर राज्यलाई ठगी गरेको समाचार पढेको थिएँ । तर, कहाँ, कोसँग के कुरामा मन मिलेन र यस्तो समाचार आइरहेको हो भन्ने सोचेको थिएँ । तर, होइन रहेछ यो कम्पनीबाट कमजोर सामान उत्पादन गरी बजार पठाई नेपाली जनतालाई समेत ठगी गर्ने गरिँदोरहेछ ।

चाइनाबाट नेपाली बजारमा आएदेखि मैले चाइनिज राइसकुकर प्रयोग गरिरहेको थिएँ । एउटा सायद ५/६ वर्षका दरले तीन वटा चलाएँ होला, बिनाकम्प्लेन तर भर्खरै मात्र नेपाली उत्पादन नै चलाऊँ न त भनेर सीजी कम्पनीको राइसकुकर चलाएँ तर नयाँमै भात टाँसिने, डढ्ने समस्या आयो, वारेन्टी समयभित्रै थिएँ । मैले पसलमा कम्प्लेन गरेँ, सामान लिएर आउन भनियो । लिएर गएँ, छाडेर जानुस् टेक्निसियनलाई देखाउँछौं र समस्या समाधान गरेर खबर गर्छौं भनियो मैले भनेअनुसार नै गरेँ ।

सामान छाडेको दुई दिनपछि सामान तयार भयो लिन आउनुस् भनियो । सामान लिएर आएँ तर समस्या ज्युँकात्युँ छ । सम्झेँ पसलमा लगेर दुई दिन सामान राखेँ दुई दिनपछि बन्यो भने दिए तर मेरो सामानमा केही गरिएन । स्वदेशी उत्पादनलाई प्रमोट गरौं भनेको त मै पो ठगिन पुगेछु पत्तै भएन ।

– समीर नेपाल
 

टिप्पणीहरू