आइएमई पेबाट मोबाइलमा पैसा राख्दा क्यास ब्याक अफर

आइएमई पेबाट मोबाइलमा पैसा राख्दा क्यास ब्याक अफर

आफ्ना सेवाग्राहीलाई डिजिटल कारोबारमा अभ्यस्त बनाउन आइएमई पेले मोबाइल वालेटमार्फत गरिने रिजार्चमा ५ प्रतिशत क्यासब्याकको अफर यथावत गरेको छ । कम्पनीका अनुसार धेरै सेवाग्राहीलाई फाइदा पुग्ने विश्वासका साथ उक्त अफर यथावत राखिएको हो । 

साथै, यो अफरले वित्तीय साक्षरता अभिवृद्विमा महत्वपूर्ण भूमिका खेल्नुका साथै डिजिटल कारोबारमा आम सेवाग्राहीलाई अभ्यस्त बनाउने विश्वास कम्पनीले लिएको छ । भौतिक नगदभन्दा बढी डिजिटल कारोबरको अनुभव प्राप्त होस् भन्ने उद्देश्यले टप अपमा पाँच (५%) प्रतिशतको अफरलाई मुख्य प्राथमिकताका साथ अगाडि बढाइने बताइएको छ । 

आम सेवाग्राहीले दुई हजार रुपैयाँ रिर्चाज गर्दा एक सय रुपैयाँ, एक हजार रुपैयाँ गर्दा पचास रुपैयाँ र एक सय रुपैयाँ गर्दा पाँच रुपैयाँ क्यासब्याकका साथै हरेक रिर्चाजमा पाँच प्रतिशत (५%) सम्म प्राप्त हुनेगरी व्यवस्था मिलाइएको छ । यो व्यवस्था आइएमई पेमा दर्ता भएको मोबाइल नम्बरमा पाँच प्रतिशत र दर्ता नभएको मोबाइल नम्बरमा दुई प्रतिशत कायम गरिएको छ ।

‘आइएमई पे’ आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो । आई.एम.ई डिजिटल सोलुसन लिमिटेडले ‘आईएमई पे’ ब्रान्ड अन्तर्गत मोबाइल वालेट सेवा उपलब्ध गराउँछ र यसको मद्दतबाट सेवाग्राही आफैंले अथवा एजेन्टहरूको सहयोग लिएर मोबाइलमार्फत विभिन्न किसिमका भुक्तानी सम्बन्धी कार्य गर्न सक्छन् ।
 

टिप्पणीहरू