जर्साबको यो कुरा किन आएन ?

जर्साबको यो कुरा किन आएन ?

गत हप्ता जनआस्थाले अब चिफ हुन्छु भन्ने हालका डिजिएमओ ताराध्वज पाण्डेले कर्तव्य पालनाक्रममा ह्याँ त्याँ गरेको भन्दै फूलबुट्टा भरिएको पत्र छापेको रहेछ, उनको जीवनको अर्को पाटोबारेचाहिँ किन नि केही उल्लेख नगरेको ? बन्दिपुरमा जन्मिई रुक्मांगद कटवालको पालाका डिजिएमओ शिवराम प्रधानकी छोरीको निम्तो नै नभा’को बिहेमा गई बेतनवृत्तिका तत्कालीन महासेनानीले जाँड खाएर तँ ज्यापू भन्दै तथानाम बोलेकोबारे कसले लेख्ने आर्मी क्लबसम्म नि !

१. मापसे गरेपछि अगाडि जो छ ऊसँग प्रसंग नै नभएको कुरामा निहुँ खोजेर झगडा नगरी नहुने उहाँको बानीबारे भैरवनाथ गणका अधिकृत तथा मेसमा काम गर्ने जो–कोहीसँग बुझ्दा छर्लंग हुन्छ ।

२. प्रधान जर्सापकी श्रीमतीले तत्कालीन प्रधानसेनापति गौरवसमशेर राणालाई लिखित उजुरी दिने तयारी गरेपछि भोलिपल्ट बिहानै बालुवाटारको चाइनिज राजदूतावासपछाडिपट्टि जर्सापको घरमा रुँदै जमिनमा लम्पसार परेर आफूलाई केही होस नभएको, जागिर जोगाइदिनुप¥यो, हजुर तनहुँको म पनि तनहुँको, हजुर मैले ठूलो गल्ती गरेँ एकपटकलाई माफ दिनुप¥यो भनी माफ मागेकोले सोझो जर्सापले बल्ल बल्ल श्रीमतीलाई थामथुम पारेर रोकेको हैन ?

३. माओवादी द्वन्द्वताका बर्दियामा गण मुभ हुँदा माथिल्लो निकायले दिएको रूटबाट जान छाडेर अर्कै रूटमा फौजलाई हिँडाएको र कर्णालीको भंगालोमा माओवादी एम्बुस परेपछि टुआइसी सेनानी दीपक अधिकारीसँग रुँदै अब मर्ने भइयो भनी अगाडि बढ्नै नमानेको, केही जवानले वीरगति प्राप्त गर्नुका साथै हतियार पनि गुमाएकाबारे कसले बोल्ने ?

 – प्रदीप थापा, काठमाडाैँ

टिप्पणीहरू