चीनबाट आज आएर पर्सि विदेश जाने भिआइपी को हुन् ?

चीनबाट आज आएर पर्सि विदेश जाने भिआइपी को हुन् ?

छिमेकी मित्रराष्ट्र चीनबाट चार जनाको प्रतिनिधिमण्डल काठमाडौं आएको छ । अल चाइना फेडरेशन अफ सप्लाई एण्ड मार्केटिङ कोअपरेटिभको टोली आज बिहान ११ बजे काठमाडौं आइपुगेको छ ।

एअर चाइनाको उडानमा छन्तुबाट आएको उक्त टोलीको नेतृत्व उपमन्त्री छाइ चेनहोङले गरेका छन् । टोलीमा चाङ वाङसु,छन फेइ र छाओ याङ पनि रहेको त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालय स्रोतले बताएको छ । 

टोली पर्सि बेलुकी ६ बजे काठमाडौंबाट कतार एअरवेजको उडानमा दोहा जानेछ । उपमन्त्री नेतृत्वको टोलीलाई स्वागत गर्न नेपालका लागि चिनियाँ राजदूत छन सोङ आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा पुग्नुभएको थियो । उहाँ पर्सि साँझ पनि टोलीलाई बिदा गर्न जानुहुने बताइन्छ ।

राजदूतसँगै चिनियाँ टोलीको स्वागतमा विमानस्थल पुगेका अन्य कर्मचारीमा दूतावासका आर्थिक तथा वाणिज्य काउन्सिलर सि यु, द्वितीय सचिव यु फङचेङ,मिलिटरी अट्याची यिन चाओछुन र तृतीय सचिव लिउ चिए हुन् ।

टिप्पणीहरू