एनएमबि बैंकको हेरिटेज वाक सम्पन्न

एनएमबि बैंकको हेरिटेज वाक सम्पन्न

एनएमबि बैंकको दशौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न भएको छ । बैंकको केन्द्रीय कार्यालय बबरमहलबाट सुरु उक्त कार्यक्रम पाटन दरबार स्क्वायरमा पुगेर समापन भएको बताइएको छ । 

मुलुकको ऐतिहासिक तथा सामाजिक रुपान्तरणको निम्ति सांस्कृतिक सम्पदा प्रवद्र्धन तथा साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले हेरिटेड वाकको आयोजना गरिएको बैंकले जनाएको छ ।

कार्यक्रममा पाटन संग्रहालयमा बैंकका कर्मचारी, नेपाल हेरिटेज सोसाईटीका सदस्य, ललितपुर उद्योग वाणिज्य संघका सदस्य, नेपाल हस्तकला महासंघका सदस्य, रोटेरी क्लब अफपाटन हेरिटेजका सदस्यसहित छ सय जनाको सहभागिता रहेको बताइएको छ । 

कार्यक्रममा बैंकद्वारा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सम्पदा संरक्षणको निम्ति नेपाल हेरिटेज सोसाईटीलाई चार लाख ९० हजार र पाटन संग्रहालयलाई फोहोर फाल्ने डस्टबिन समेत हस्तान्तरण गरिएको छ ।

बैंकले सोही प्रकृतिका कार्यक्रम सबै प्रदेशमा गरेको जनाएको छ । कोशी प्रदेशमा ब्रम्हनन्द पुलदेखि बराह क्षेत्रसम्म र मधेश प्रदेशमा लाहान शाखादेखि दुर्गा मन्दिरसम्म वाक गरिएको थियो । 

त्यस्तै गण्डकी प्रदेशमा चिप्लेढुङ्गा शाखादेखि केदारेश्वर मन्दिर, लुम्बिनीमा ट्राफिक चोक शाखादेखि कालिका मन्दिरसम्म यात्राको कार्यक्रम गरिएको हो । कर्णाली र सुदूरपश्चिमको हकमा सुर्खेत शाखादेखि सिद्धनाथ मन्दिरसम्म हेरिटेजवाक कार्यक्रम गरिएको थियो ।

एनएमबि बैंक विगत २७ वर्षदेखि बैंकिङ्ग सेवा सुविधा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट “क” वर्गको इजाजत पत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो । बैंकले हालसम्म देशभर २०१ शाखा, १३८ एटीएम र १२ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

टिप्पणीहरू