केबलकारको टिकट काट्न अब लाइन लाग्न नपर्ने
केवलकार चढ्नका लागि अब आफ्नो मोबाइलबाटै टिकट काट्न सकिने भएको छ । आइएमई डिजिटल सोलुसन कम्पनीले आइएमई पेमार्फत मुलुकभरका विभिन्न ठाउँमा सञ्चालित केबलकारको टिकट लिन सकिने सुविधा ल्याएको हो ।
कम्पनीले यसअघिदेखि नै केबलकारको टिकेटिङ् सुविधा उपलब्ध गराउँदै आएको थियो । चन्द्रगिरी केबल कारबाट सुरुवात गरिएको यो सेवा बिस्तार गर्दै कम्पनीले चन्द्रगिरी, मनकामना, अन्नपूर्ण र मौलाकालीमा सञ्चालित केबलकारको टिकट आइएमइ पे बाट काट्न मिल्ने गरेको हो ।
त्यस्तै, आइएमई पेको यात्रा सेवामा केबलकारभित्र रहेको टिकेटिङ् सुविधामार्फत ग्राहकले लाइन बस्ने झन्झटबिना टिकट काट्न सक्ने कम्पनीले जनाएको छ ।
टिप्पणीहरू