आइएमई पेबाट क्यूआर भुक्तानी गर्नेलाई २५ रुपैयाँ नगद फिर्ता
आइएमई डिजिटल सोलुसन लिमिटेडको “आइएमई पे” ले क्युआर स्क्यान फिचर प्रयोग गर्ने ग्राहकवर्गलाई लक्षित गर्दै नयाँ अफर सार्वजनिक गरेको छ ।
अफरअन्तर्गत आइएमई पेबाट सर्वप्रथम क्युआर कोड स्क्यान गरी भुक्तानी गर्ने ग्राहकले “फस्टक्युआर” प्रोमोकोड प्रयोग गरी २५ रुपैयाँ क्यासब्याक प्राप्त गर्न सक्ने बताइएको छ ।
कम्पनीले विद्युतीय भुक्तानीलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ उक्त अफर सार्वजनिक गरेको जनाएको छ ।
टिप्पणीहरू