घरबाटै बीमा नवीकरणको सुविधा, आइएमई पेमा सतप्रतिशत क्यासब्याकको मौका

घरबाटै बीमा नवीकरणको सुविधा, आइएमई पेमा सतप्रतिशत क्यासब्याकको मौका

आइएमई डिजिटल सोलुसन लिमटेडको “आइएमई पे” बाट अब घरमै बसेर सजिलैसँग आफ्नो बीमा पोलीसी नवीकरण गर्न मिल्ने भएको छ ।

कम्पनीले सो सेवाअन्तर्गत आइएमई लाइफ, एसियन लाइफ, अजोड इन्सुरेन्सलगायत अन्य विभिन्न इन्सुरेन्स कम्पनीहरुको बीमा पोलिसी नवीकरण गर्न सकिने जनाएको छ । 

बीमा पोलिसी नवीकरण गर्न घण्टौं लाइनमा बस्नुपर्ने झन्झट्बाट ग्राहकलाई मुक्ति दिलाउन कम्पनीले उक्त सुविधा उपलब्ध गराएको हो । 

यसका साथै नव वर्ष २०८० को उपलक्ष्यमा आइएमई पेमार्फत आफ्नो बीमा पोलिसी नवीकरण गर्दा सय प्रतिशत क्यासब्याक जित्ने मौका पनि मिल्ने भएको छ ।

टिप्पणीहरू