सिटामोलको झुम्का कानैमा रेकर्ड

सिटामोलको झुम्का कानैमा रेकर्ड

निर्माणको तयारीमा रहेको नेपाली फिल्म ‘सिटामोल’को गीत ‘झुम्का कानैमा’ रेकर्ड गरिएको छ । बाबुल गिरी र रोशनी श्रेष्ठ (राई)को स्वर रहेको गीत म्युजिक नेपालको स्टुडियोमा रेकर्ड गरिएको हो । 

गीतमा गोविन्द भट्टको शब्द र बाबुल गिरीको संगीत तथा एरेन्ज रहेको छ भने प्रकाश खरेलले मिक्सिङ गरेका छन् । 

‘वृन्दावन’, ‘वीरंगना’ जस्ता फिल्मको निर्देशन गरिसकेका राजबहादुर सानेको निर्देशनमा बन्न लागेको फिल्म ‘सिटामोल’मा सौगात मल्ल, बेनिशा हमाल, बुद्धी तामाङ, ज्ञानु सुनार, ध्रुव दत्त अनुबन्धित भइसकेका छन् ।  

 बाँकी अन्य कलाकार चाँडै अनुबन्धित गरिने निर्देशक सानेले बताए । फिल्मको कथा साने स्वयंको हो भने स्क्रिप्टको काम प्रदीप भारद्वाजले गरेका छन् । 

निर्देशक सानेले फिल्मको बारेमा भने– ‘नामले नै फिल्मको थिम प्रस्ट्याउँछ । फिल्मले नेपाली समाजमा घटिरहेको वास्तविक घटनालाई नै भन्नेछ । सिटामोल आफ्नो करिअरकै उत्कृष्ट फिल्म बन्ने उनको दाबी छ ।

फिल्ममा रमेश वन गोसाईं र श्याम थापाको लगानी रहनेछ । फिल्ममा कविराज गहतराजको कोरियोग्राफी हुनेछ । फिल्मको छायाकंन केही दिनमै सुरु गरिने निर्माण पक्षले जानकारी दिएको छ ।

टिप्पणीहरू