प्रभुका ग्राहकलाई सौभाग्य हस्पिटलमा १५ प्रतिशत छुट

प्रभुका ग्राहकलाई सौभाग्य हस्पिटलमा १५ प्रतिशत छुट

प्रभु बैंकका ग्राहकले सौभाग्य हस्पिटल एण्ड रिसर्च सेन्टरको ओपिडी परीक्षण सेवामा १५ प्रतिशत छुट पाउने छन् । आफ्ना ग्राहकको स्वास्थ्य सेवामा पहुँच बढाउने उद्देश्यले प्रभु र धनगढीको कैलालीस्थित सौभाग्य हस्पिटल एण्ड रिसर्च सेन्टरबीच समझदारी भएपछि उक्त छुट उपलब्ध गराउन लागिएको बताइएको छ ।

बैंकको धनगढीस्थित शाखा कार्यालयका प्रमुख नगेन्द्ररत्न कोइराला र हस्पिटलका अध्यक्ष दिनेशराज जैसीले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । जसअनुसार बैंकका ग्राहकले हस्पिटलद्वारा सञ्चालित ओपिडी परीक्षण सेवामा १५ प्रतिशत छुट पाउने व्यवस्था गरिएको छ । 

यसका साथै प्याथोलोजी, एक्सरे, युएसजी, एन्डोस्कोपी, नर्मल बेड, एचडीयु बेड, एसी क्याबिन, सर्जरी, कोलोनोस्कोपी, आइसीयु÷एनआइसीयु सेवामा १० प्रतिशत र फार्मेसीबाट ५ प्रतिशत छुट पाउन सक्नेछन् । 

बैंकले छुट सुविधा उपभोगका लागि प्रभुको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानल प्रयोग गरेर भुक्तानी गर्नुपर्ने छ ।
 

टिप्पणीहरू