आईएमईको आइपीओ बिक्री प्रभुले गर्ने
आईएमई लिमिटेडको साधारण शेयर (आइपीओ) निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड नियुक्त भएको छ ।
आईएमईका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल र प्रभु क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले उक्त समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।
आईएमईले आफ्नो एक अर्ब जारी पुँजीको १० प्रतिशत हुन आउने दश लाख कित्ता साधारण शेयर (आइपीओ) सर्वसाधारणका लागि सार्वजनिक निष्काशन गर्न लागेको छ । आईएमई ग्रुपले केही समययता आफ्नो लगानीमा भएका कम्पनीलाई पब्लिक कम्पनीमा रुपान्तरण गर्दै आईपीओ जारी गर्दै आइरहेको छ ।
२२ वर्षदेखि रेमिट्यान्स सेवा प्रदायकको काम गर्दै आएको आईएमई रेमिट्यान्स व्यवसायमध्ये सबैभन्दा बढी कर तिरेको आधारमा पटक पटक ‘ठूला करदाता सम्मान’ बाट पुरस्कृत भैसकेको छ ।
टिप्पणीहरू