निराको हत्या आरोपीलाई काठमाडौँ ल्याइयो, आजै सार्वजनिक गर्ने

निराको हत्या आरोपीलाई काठमाडौँ ल्याइयो, आजै सार्वजनिक गर्ने

निरा पाण्डेको हत्या आरोपमा पक्राउ परेका विनोद विश्वकर्मालाई झापाबाट काठमाडौं ल्याइएको छ ।

काठमाडौंको कपनस्थित सरस्वतीनगरमा ७ वैशाखमा भएको पाण्डेको हत्या आरोपमा हिजो झापामा समातिएका विश्वकर्मालाई आज दिउँसो काठमाडौँ ल्याइएको हो । उनलाई आजै सार्वजनिक गर्ने तयारी प्रहरीको छ ।  

लुटपाटको उद्देश्यले हत्या भएको प्रारम्भिक निष्कर्ष निकालेको प्रहरीले पाण्डेले लगाएको सुनको सिक्री पनि बरामद गरेको जनाएको छ । उक्त सिक्री बानेश्वरको एक पसलबाट भेटिएको र प्रारम्भिक बयानमा विश्वकर्माले हत्या स्वीकारेको प्रहरीको भनाइ छ ।

टिप्पणीहरू