धेरै विदेशी मुद्रा भित्र्याएको हिमालयन बैंकलाई सम्मान

धेरै विदेशी मुद्रा भित्र्याएको हिमालयन बैंकलाई सम्मान

बैंक तथा वित्तीय संस्थाहरुको नियमनकारी निकाय नेपाल राष्ट्र बैंकले मुलुकभर सञ्चालित वाणिज्य बैंकमध्ये सबैभन्दा बढी विप्रेषण भित्र्याएकोमा हिमालयन बैंक लिमिटेडलाई सम्मान गरेको छ ।बैंकको ६८औँ वार्षिक उत्सवको अवसरमा गभर्नर महाप्रसाद अधिकारीले हिमालयन बैंकलाई प्रशंसापत्रले सम्मान गरेका हुन् । 

करिब दुई दशकदेखि ‘हिमालरेमिट’ मार्फत विप्रेषण सेवा सञ्चालन गर्दै आएको हिमालयनले संसारभर एक सय २५ भन्दा बढी व्यवसायिक साझेदारको सञ्जालमार्फत प्रिमियम अनलाइन ग्राहक केन्द्रित प्रविधिमा आधारित सेवा सञ्चालन गर्दै आएको जानकारी दिइएको छ ।

हाल मुलुकभर रहेका हिमालरेमिटका १८ हजारभन्दा बढी भुक्तानी केन्द्रमार्फत् विदेशबाट प्राप्त विप्रेषणको सरल र सहज रुपमा भुक्तानी हुँदै आएको छ । १८९ शाखा, २० वटा विस्तारित काउन्टर र २६३ भन्दा बढी एटिएमबाट बैंकले सेवा प्रदान गर्दै आएको बताइएको छ ।

आर्थिक वर्ष २०७८÷७९ मा कुल विप्रेषणको १६.९० प्रतिशत रकम हिमालयनले नेपाल भित्र्याएको थियो ।
 

टिप्पणीहरू