हिउँदे अधिवेशन अन्त्य भएको पाँच दिनपछि बजेट अधिवेशनको तयारी
सरकारले संघीय संसद्को बजेट अधिवेशन बोलाउने तयारी गरेको छ ।
आज बसेको क्याविनेट बैठकले २४ वैशाखमा संसद्को वर्षे (बजेट) अधिवेशन बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
बजेट अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम र बजेट पेश गरि संसदमा छलफलपछि पारित गर्ने गरिन्छ । जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ ।
पाँच दिनअघि १५ वैशाखमा संसदको हिउँदे अधिवेशन अन्त्य गरिएको थियो ।
टिप्पणीहरू