सिटिजन्सका कार्डवाहकलाई जंगल भिल्ला रिर्सोटमा १५ प्रतिशत छुट
सिटिजन्स बैंकको कार्ड हुनेहरुले जंगल भिल्ला रिर्सोटमा १५ प्रतिशतसम्मको छुट पाउने भएका छन् ।
सिटिजन्सले चितवनस्थित जंगल भिल्ला रिर्सोटसँग समझदारी गरेसँगै उक्त छुट सुविधा उपलब्ध हुन लागेको हो । समझदारीअनुसार सिटिजन्स बैंकका कार्डवाहक ग्राहकले डिजिटल भुक्तानी गर्दा रिर्सोटमा १५ प्रतिशतसम्मको छुट पाउनेछन् ।
त्यस्तै, डिजिटल माध्यमबाट गरिने अन्य कारोबारमा पाइने छुटसम्बन्धी विस्तृत विवरण बैंकको वेबसाइटमा राखिएको बैंकले बताएको छ ।
मुलुकभर १८२ शाखा, १३९ एटिएम, ३ विस्तारित काउन्टर र ९७ वटा शाखारहित बैंकिङ्ग ईकाईबाट १५ लाखभन्दा बढीलाई बैंकिङ्ग सेवा प्रदान गर्ने सिटिजन्सले पछिल्लो समय डिजिटल कारोबारलाई प्रोत्साहन गर्दै आएको छ ।
टिप्पणीहरू