पैसाको सट्टा मन्त्री पद

पैसाको सट्टा मन्त्री पद

प्रधानमन्त्रीको कार्यकाल सकिएपछि बूढानीलकण्ठस्थित निजी घर नगएर धुम्बाराहीमा डेरा बस्नुभएका कांग्रेस सभापति शेरबहादुर देउवा सम्भवतः असारभित्र त्यहाँ छिर्नुहुने भएको छ । त्यसअघि उक्त घरको रेक्ट्रोफिटिङ गर्ने ठेकेदार पुरस्कृत हुँदै छन्, मन्त्रीका रूपमा ।

करिब आठ करोड रूपैयाँ खर्चेर देउवाको ३० वर्ष पुरानो घरको सजावट भइरहेको छ । देशका ६ ठूला ठेकेदारमध्येका एक मानिने रसुवा कन्स्ट्रक्सनले उक्त काम गर्दै छ । तर, देउवा परिवारलाई त्यसबापत कुनै आर्थिक भार नपर्ने भएको छ । घरको पुनर्निर्माण गरिदिएबापत उक्त कम्पनीका साहु तथा रसुवाका माननीय मोहन आचार्यलाई एउटा मन्त्रालय जिम्मा दिए पुग्ने भएको स्रोतले जनाएको छ ।

उनी नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका थिए । यदि, उनले मन्त्री बन्ने अवसर पाए भने रसुवाबाट पहिलो मन्त्रीका रूपमा रेकर्ड तोड्ने मौका पनि पाउँदै छन् । यसअघि उनका काका रामकृष्ण आचार्य ०५४ सालमा राज्यमन्त्री भएका थिए ।
 

टिप्पणीहरू