अमेरिकाको टेक्सासमा गोलीकाण्ड, नौ जनाको मृत्यु

अमेरिकाको टेक्सासमा गोलीकाण्ड, नौ जनाको मृत्यु

अमेरिकाको टेक्सासस्थित डालास सहरमा भएको गोली प्रहारको घटनामा नौ जनाको ज्यान गएको छ । स्थानीय एउटा व्यापारिक मलमा गोली चल्दा कम्तीमा नौ जना मारिएको बताइएको छ ।

एक बन्दुकधारी मलभित्र छिरेर सामान किनिरहेका ग्राहकहरुमाथि अन्धाधुन्ध गोली चलाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । गोली प्रहारबाट केही बालबालिकासमेत मारिएका छन् ।

गम्भीर घाइतेमध्ये सात जनालाई अस्पतालमा भर्ना गरिएको छ । तीन जनाको अवस्था सिकिस्त रहेको बताइएको छ । आक्रमणकारीलाई लगत्तै सुरक्षाकर्मीले गोली प्रहार गरेका थिए । सुरक्षाकर्मीको प्रहारबाट उसको पनि ज्यान गएको छ । 

एक साताअघि पनि टेक्सासमा भएको गोली प्रहारको घटनामा पाँच जनाको मृत्यु भएको थियो । त्यसअघि अल्बामा भएको घटनामा चार जनाको ज्यान गएको थियो ।

टिप्पणीहरू