भाइ कुटेपछि बाबुलाल भरुवा बन्दुकसहित समातिए

भाइ कुटेपछि बाबुलाल भरुवा बन्दुकसहित समातिए

मकवानपुरमा एकनाले भरुवा बन्दुकसहित प्रहरीले एक जनालाई पक्रेको छ । मकवानपुरगढी गाउँपालिका–७, दुम्सिडाँडाका ३० वर्षीय बाबुलाल थिङ भरुवा बन्दुकसहित समातिएका हुन् । 

जग्गाको विषयमा बाबुलाल र उनका भाईबीच विवाद चर्किंदा बाबुलालले आफ्नै भाइलाई कुटेर घाइते बनाएका थिए । इलाका प्रहरी कार्यालय मकवानपुरगढीबाट खटिएको टोलीले उनलाई हिजो दिउँसो उक्त बन्दुकसहित नियन्त्रणमा लिएको बताइएको छ । 

पक्राउ परेका थिङमाथि थप अनुसन्धान भइरहेको छ ।

टिप्पणीहरू