आइएमई पेले क्युआर भुक्तानीमा रिवार्ड पोइन्ट दिने
आइएमई डिजिटल सोलुसन लिमिटेडको ‘आइएमई पे’ ले क्युआर भुक्तानीमा रिवार्ड पोइन्ट दिने भएको छ ।
आफ्ना ग्राहक वर्गलाई विद्युतीय तथा क्युआर भुक्तानीतर्फ प्रेरित गर्ने उद्देश्यले आइएमई पेले क्युआर भुक्तानीमा रिवार्ड पोइन्ट दिन लागेको हो ।
भुक्तानीबाहेक आइएमई पेले अन्य विभिन्न सुविधामा पनि रिवार्ड पोइन्ट दिने जनाएको छ । त्यसैले, अब जुनसुकै किसिमको क्युआर भुक्तानीमा पनि रिवार्ड पोइन्ट पाउन सकिनेछ ।
साथै सो रिवार्ड पोइन्ट कारोबार गर्दै जाँदा भविष्यमा ग्राहकले रिवार्ड पोइन्ट रिडीम पनि गर्न सक्नेछन् । ‘आइएमई पे’ आइएमई ग्रुपको डिजिटल वित्तिय सेवा प्रदायक अन्तर्गतको एक उत्पादन हो ।
आइएमई पे मोबाइल वालेटमार्फत सेवाग्राही आफैंले अथवा एजेन्टहरुको प्रयोगमार्फत् विभिन्न किसिमका भुक्तानी कार्य गर्न सक्ने कम्पनीले जनाएको छ ।
टिप्पणीहरू