सिटिजन्सका कार्डवाहकलाई अन्नपूर्ण केबलकारमा छुट
सिटिजन्स बैंकका कार्डवाहक ग्राहकले अन्नपूर्ण केबलकारमा २५ प्रतिशतसम्मको छुट पाउने भएका छन् । आफ्ना ग्राहकलाई डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने उद्देश्यले सिटिजन्स बैंकले अन्नपूर्ण केबलकार प्रालिसँग समझदारी गरेलगत्तै छुट उपलब्ध गराउन लागिएको बताइएको छ ।
सम्झौताअनुसार सिटिजन्स बैंकका कार्डवाहक ग्राहकले अन्नपूर्ण केवलकारमा २५ प्रतिशतसम्मको छुट पाउँछन् । यसका साथै पोखरास्थित सिटिजन्स बैंकका शाखा कार्यालयमा नयाँ खाता खोल्ने ग्राहकलाई अन्नपूर्ण केबलकारको टिकट निःशुल्क उपलब्ध हुने बैंकले जनाएको छ ।
यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित र नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास लिइएको छ । डिजिटल बैंकिङ्ग माध्यमको प्रयोग बढाउन र आफ्ना ग्राहकलाई यसतर्फ प्रोत्साहित गर्न समय समयमा ग्राहकमैत्री सुविधा सञ्चालन गर्दै आइरहेको बैंकले जानकारी दिएको छ ।
डिजिटल कारोबारमा पाइने छुटसम्बन्धी विस्तृत विवरण सिटिजन्स बैंकको वेबसाइटमासमेत राखिएको छ ।
बैंकले आफ्ना १८२ शाखा, १३९ एटिएम, ३ बिस्तारित काउन्टर र ९७ वटा शाखारहित बैंकिङ्ग इकाइबाट १५ लाखभन्दा बढीलाई आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।
टिप्पणीहरू