अखिलको टण्टामा पार्टीको डण्ठा

अखिलको टण्टामा पार्टीको डण्ठा

एमालेमा चैत २५ गतेको स्ववियु चुनावको अन्तर्घातको रन्को अझै सकिएन । पाटन क्याम्पसमा ललितपुरका पार्टी अध्यक्ष पुरुषोत्तम आचार्य र यसअघिका स्वावियु सभापति झपिन्द्र खत्री भएर अखिललाई हराए ।

नेविसंघका बागी उम्मेदवार सुदर्शन विष्टले जिते, नेविसंघको आधिकारिक युवराज लामा र अखिलका सुरेश जिसीले हारे । जित्ने नेविसंघका बागी सुदर्शन र पुरुषोत्तमको घर गोदावरीमा सँगसँगै हो । झपिन्द्रले सभापतिमा उठाउन खोजेको अर्कैलाई थियो । नसकेपछि हराउने भूमिका खेले । अखिलका अध्यक्ष समिक बडालले सुरेशलाई टिकट दिएपछि पुरुषोत्तम र झपिन्द्र मिलेर हराउने काम भएको हो । मतदानस्थलमा बसेर झपिन्द्र आफैँ अखिलका मतदातालाई रोकिरहेका थिए ।

नेविसंघको बागीसँग बसेर २४ गते राति बसेर प्लान बनाएको भिडियो केपी ओलीलाई सजिना थापामगरहरुले लगेर बुझाए । तर, अझै कारवाही भएको छैन । उल्टै पुरुषोत्तम र झपिन्द्रलाई कारवाही गर्नुपर्छ भनेर सुरेश अध्यक्ष रहेको प्राकको बैठकले निर्णय गर्न चाहेको थियो ।

यो कुरा बुझेपछि पुरुषोत्तमले बैठक पार्टी कार्यालयमा राख्नुपर्छ भने । चुनाव क्याम्पसमा हारेको हो, बैठक पनि क्याम्पसमै बस्ने भनियो । अनि, बैठकमा पुरुषोत्तम आफैँ गए । उनले कमिटी नै विघटन गरिदिए ।

– सरला नकर्मी, पाटन बहुमुखी क्याम्पस, ललितपुर
 

टिप्पणीहरू