भारत जाँदै गरेका धादिङका महिलाको झोलामा चरेस

भारत जाँदै गरेका धादिङका महिलाको झोलामा चरेस

कपिलवस्तुमा लागुऔषधसहित दुई महिला पक्राउ परेका छन् । कृष्णनगर नगरपालिका २ बाट चरेसजस्तो देखिने कालो पदार्थसहित दुई महिला समातिएको प्रहरीले पुष्टि गरेको छ । 

पक्राउ परेकामा धादिङको खनियाबास गाउँपालिका ५ की ४९ वर्षीया संगिता तामाङ्ग र सत्यवती गाउँपालिका १ की ५९ वर्षीया सेती तामाङ्ग हुन् । 

उनीहरुलाई आज बिहान १० किलोग्राम लागुऔषधसहित पक्रिएको इलाका प्रहरी कार्यालय, कृष्णनगरका प्रहरी निरीक्षक नवराज ढुंगेलले बताए । 

भारततर्फ जाँदै गरेका उनीहरुमाथि शंका लागेर चेकजाँच गर्ने क्रममा झोलाबाट चरेस फेला परेको हो । नियन्त्रणमा लिइएका दुबै जनामाथि थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

टिप्पणीहरू