क्लबको ट्वाइलेटमा पेस्तोल र गोली

क्लबको ट्वाइलेटमा पेस्तोल र गोली

बाँकेको नेपालगञ्जमा पेस्तोल र गोलीसहित एक जना समातिएका छन् । 

बर्दियाको बाँसगढी नगरपालिका–८ का २८ वर्षीय सुमन रिजाललाई पेस्तोल र गोलीसहित प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले नेपालगञ्ज उपमहानगरपालिका–१२ स्थित किङ क्रस क्लबबाट उनलाई एक थान स्वचालित पेस्तोल र एक राउण्ड गोलीसहित गएराति पक्रेको हो ।

क्लबमा झगडा भइरहेको सूचना पाएपछि चेकजाँच गर्न गएको प्रहरीले क्लबको ट्वाइलेटमा लुकाईछिपाई राखेको अवस्थामा पेस्तोल फेला पारेको बताइएको छ । 

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू